Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कम्बोडिया पठाइदिन्छु भन्दै ३९ लाख ठगी गर्ने मोक्तान प्रहरीको खोरमा

काठमाडौं । नेपाल प्रहरीले कम्बोडिया पठाई दिने भन्दै विभिन्न व्यक्तिसँग रु ३९ लाख ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ।

प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले भिजिट भिषामा कम्बोडिया पठाउने भनी ठगी गर्ने काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–१ का २८ वर्षीय मीनध्वज भन्ने विचारमान मोक्तानलाई आज नयाँबानेश्वरबाट पक्राउ गरेको हो।

पक्राउ परेका मोक्तानले कम्बोडियाको क्यासिनोमा गार्डमा काम लगाई दिने भन्दै प्रतिव्यक्ति रु ६ लाख ५० हजार लिएर ठगी गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

उनले ६ जना व्यक्तिलाई ठगी गरेको बताइएको छ। पक्राउ परेका मोक्तानलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077