Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रधानमन्त्री देउवा र डा. केसीबीच वार्ता, पूर्वघोषित अनसन स्थगित

    प्रधानमन्त्री देउवा र डा. केसीबीच वार्ता, पूर्वघोषित अनसन स्थगित

    अनलाइन नेपाल
  • मंगलबार, १ भाद्र २०७८
  • 2.3K
    SHARES

    काठमाडौं । डा. गोविन्द केसीले आफ्नो पूर्वघोषित अनसन स्थगित गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवासँग वार्ता भएपछि उनले अनसन रोक्ने निर्णय गरेका हुन्।

    वार्तामा उनीहरुबीच सहमति भएको बताइएको छ। स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्नुपर्ने लगायतका माग राखेर सत्याग्रहको घोषणा गरेका केसीले माग सम्बोधनमा प्रधानमन्त्री सकरात्मक भएको बताएका छन्।



    वार्ताका क्रममा देउवाले नियुक्त गर्दा हुने स्वार्थको द्वन्द्व रोक्न कानुनी व्यवस्था गर्ने, स्वास्थ्य राज्यमन्त्रीको राजीनामाको विषयलाई उपयुक्त समयमा सम्बोधन गर्ने प्रतिवद्धता जनाएका छन्।



    त्यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबारे भएको सम्झौता कार्यान्वयन गर्न तथा वैकुण्ठ अर्याल कार्यदलको प्रतिवेदन कार्यान्वयनका लागि तत्काल सिनेट बैठक बोलाउने, पदाधिकारी नियुक्तिको मापदण्ड निर्धारण गर्न बनेका कार्यदलको प्रतिवेदनलाई कानुनी रुप दिन पनि प्रधानमन्त्री तयार भएको बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार