Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • आगामी निर्वाचनमा गठबन्धन हुनसक्ने देउवाको संकेत

    आगामी निर्वाचनमा गठबन्धन हुनसक्ने देउवाको संकेत

    अनलाइन नेपाल
  • सोमबार, ७ फाल्गुन २०८०
  • 672
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने विषय तत्कालीन अवस्थामा निर्भर हुने बताएका छन्।

    सोमबार ललितपुरको गोदावारी सुरू भएको महासमिति बैठक उद्घाटन समारोहमा बोल्दै उनले अहिलेको निर्वाचन प्रणालीमा एकल बहुमत सम्भव नभएकाले गठबन्धनको विकल्प नभएको बताए।



    उनले वर्तमान गठबन्धनलाई निरन्तरता दिनु कांग्रेसको राजनीतिक जिम्मेवारी हुने पनि जिकिर गरे।



    उनले भने–‘अहिले हामी गठबन्धनको अभ्यासमा छौं। गठबन्धन सरकार बनाउनका लागि १० महिनाअघि मात्र बनेको हैन। प्रतिनिधि सभा विघटन गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने काम भएपछि यसको रक्षाका लागि कांग्रेसको नेतृत्वमा गठबन्धन बनेको हो । वर्तमान सरकार त्यसैको निरन्तरता हो। महासमितिमा पेश भएको सबै दस्तावेजले गठबन्धनको विषयलाई समेटिएको छ। वर्तमान गठबन्धन सबैको अग्रसरतामा संविधानको रक्षाको उद्देश्यले बनेको हो।’

    सभापति देउवाले नेपाली कांग्रेसको विधानलाई समय सापेक्ष बनाउन संशोधनको आवश्यकता भएको बताए। उनले पार्टीलाई थप बलियो बनाउन विधान संशोधन आवश्यक भएको उल्लेख गरे।

    महामन्त्री गगन थपाले निर्वाचनमा गठबन्धन गर्न नहुने अडान राख्दै आएका छन् । महामन्त्री थापाको सांगठनिक प्रतिवेदनमा विवाद कायम रहेकाले तयार भइसकेको छैन । सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच सोमबार बिहान भएको छलफलले पनि सहमति पहिल्याउन सकेको थिएन । उदघाटन सत्रपछि फेरि छलफल गर्ने गरी बिहानको बैठक सकिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार