Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • महासमिति बैठकलाई सम्बोधन गर्दै देउवाले भने– संविधान संशोधनबारे छलफल गरौं

    महासमिति बैठकलाई सम्बोधन गर्दै देउवाले भने– संविधान संशोधनबारे छलफल गरौं

    प्रतिवेदनहरु मंगलबार बिहान मात्रै पेश गरिने

    अनलाइन नेपाल
  • सोमबार, ७ फाल्गुन २०८०
  • 453
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनबारे छलफल सुरु गर्नुपर्ने बताएका छन् ।

    ललितपुरको गोदाबरीमा सोमबार सुरु भएको महासमिति बैठकलाई सम्बोधन गर्दै देउवाले शासकीय स्वरुपमा मूलभूत विषयलाई प्रभाव नपार्ने गरी संविधान संशोधनबारे छलफल गर्नुपर्ने बताएका हुन् ।



    उनले भने–‘संविधान जारी भएको ८ वर्ष भइसकेको छ । संविधान कार्यान्वयनका क्रममा देखारेका समस्या, जटिलता वा अस्पष्टता समेतको पहिचान भएको छ । संविधानले व्यवस्था गरेको शासकीय स्वरुपको मुलभूत विषयमा प्रतिकुल प्रभाव नहुने गरी संविधान संशोधनमा छलफल गर्नु पर्दैछ ।’



    संविधान गतिशील दस्तावेज र यसको दीर्घजीवनका लागि जनताको स्वीकार्यता र स्वामित्व स्थापित गर्न आवश्यम रहेको पनि उनले बताए ।

    यसैबीच, नेपाली कांग्रेसको महासमिति बैठकमा प्रतिवेदनहरु भोलि मंगलबार बिहान मात्रै पेश गरिने भएको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलबार बिहान प्रतिवेदनहरु छलफलका लागि पेश हुने जानकारी गराए ।

    बिहान ९ बजेदेखि सुरु हुने बन्द सत्रमा चारवटा प्रस्ताव पेश हुने मुख्य सचिव पौडेलले उदघाटन सत्रमा जानकारी गराए । पाँचवटा प्रस्ताव महासमिति बैठकमा पेश हुने भनिए पनि मंगलबार चारवटा पेश हुने भएको छ ।

    उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसायिक र अर्थमन्त्री समेत रहेका डा. प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौती बारे प्रतिवेदन पेश गर्नेछन् ।

    महामन्त्री थापाको सांगठनिक प्रतिवेदनमा विवाद कायम रहेकाले तयार भइसकेको छैन । सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच सोमबार बिहान भएको छलफलले पनि सहमति पहिल्याउन सकेको थिएन । उदघाटन सत्रपछि फेरि छलफल गर्ने गरी बिहानको बैठक सकिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार