Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • मीन विश्वकर्मा भन्छन्–महामन्त्री थापाको प्रतिवेदन संशोधन भएर आउँछ

    मीन विश्वकर्मा भन्छन्–महामन्त्री थापाको प्रतिवेदन संशोधन भएर आउँछ

    अनलाइन नेपाल
  • सोमबार, ७ फाल्गुन २०८०
  • 462
    SHARES

    काठमाडौं। नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले महामन्त्री गगन थापाको प्रतिवेदन संशोधन भएर आउने दावी गरेका छन् ।

    यद्यपी सोमबार बिहान सभापति देउवा निवास बुढानीलकण्ठमा पदाधिकारीसहित बसेको बैठकमा महामन्त्री थापासँग सहमति नजुटेपछि महासमिति बैठक उद्घाटन लगत्तै पुनः छलफल गर्ने कार्यक्रम तय भएको छ ।



    यता, विश्वकर्मा भने विहानको बैठकपछि महामन्त्री थापा प्रतिवेदनको कतिपय विषय संशोधन गर्न तयार रहेको दाबी गर्छन् ।



    विश्वकर्माले भने–‘साँझ डकुमेन्ट आउँछ । संशोधन भएर आउँछ, महामन्त्रीज्यू कतिपय विषय संशोधन गर्न तयार हुनुहुन्छ ।’ सहमति जुटेसँगै महासमिति बैठकका लागि नेताहरू गोदावरीमा जम्मा भएका हुन् ।

    महामन्त्री थापाले प्रतिवेदनमा राखेका केही विषयप्रति सभापति देउवा असन्तुष्ट थिए । विशेष गरी गठबन्धन, राष्ट्रिय सभा निर्वाचन र विधानबारे थापाले प्रतिवेदनमा राखेका विषयमा देउवाको असन्तुष्टि थियो ।

    चुनावअघि गठबन्धन गर्न नहुने महामन्त्री थापाको प्रस्तावमा सहमति खोज्न सभापति देउवा र महामन्त्री थापा सोमबार बिहानैदेखि बूढानीलकण्ठमा भएकाे छलफल निष्कर्षविहीन टुंगिएको हो ।

    महासमिति बैठकको उद्घाटन सत्रपछि फेरि छलफल गर्ने तय भएको छ । महामन्त्री थापाको प्रस्तावमा रहेको गठबन्धन नगर्ने, काग्रेस कार्यकर्ता र शुभेच्छुकले रुख चिह्नबाहेक अन्यत्र भोट हाल्न नपर्नेलगायत बुँदामा सभापति देउवासहित उनको टिममा रहेका उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता प्रकाशशरण महतलगायत नेताले सो विषयमा असन्तुष्टि जनाएका हुन् ।

    त्यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्तावमा पनि देउवाको असन्तुष्टि छ । उनले शर्माले प्रस्तावमा उल्लेख गरेको कोशी प्रकरणको प्रसंग हटाउनुपर्ने माग गरेका छन् ।

    कांग्रेसको महासमिति बैठकका लागि कांग्रेस नेताहरू गोदावरीमा भेला भएसँगै त्यहाँ चहलपहल सुरु भएको छ । पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने महासमिति बैठकमा पार्टीका विभिन्न तहका दुई हजारभन्दा बढी प्रतिनिधि एवम नेता सहभागी भइरहेका छन् ।

    बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाले सांगठनिक प्रस्ताव र अर्का महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रस्ताव पेस गर्ने कार्यसूची छ ।

    त्यस्तै प्रवक्ता प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेस गरी समूहगत रूपमा छलफल हुनेछ ।

    विश्वकर्मा सहितका संस्थापन पक्षका नेताहरूले भने महामन्त्री थापाको प्रतिवेदन संशोधनको विषयमा समेत सहमति भएको दाबी गरिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार