Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • प्रतापपुर गुठीबाट गगन थापाले पुनः सुरु गरे ‘संवाद यात्रा’

    प्रतापपुर गुठीबाट गगन थापाले पुनः सुरु गरे ‘संवाद यात्रा’

    अनलाइन नेपाल
  • बिहिबार, १५ चैत्र २०८०
  • 303
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘संवाद यात्रा’ आजदेखि पुनः शुभारम्भ गरेका छन् ।

    उनले नवलपरासीको सूर्यपुरास्थित प्रतापपुर गुठीबाट आजदेखि पुनः संवाद यात्रा सुरु गरेका हुन् ।



    १३ माघबाट झापाबाट सुरु भएको उनको संवाद यात्रा कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधन पछि स्थगित गरिएको थियो ।



    बुढाथोकीको २२ माघमा मृत्यु भएपछि संवाद यात्रा नवलपरासीको गोपीगञ्जबाट रोकिएको थियो ।

    स्थगित हुनु अघि १३ जिल्लामा महामन्त्री थापाले संवाद यात्रा गरेका थिए । १३ माघ देखि २६ माघसम्म हुलाकी राजमार्गले छोएका जिल्लामा संवाद गर्ने गरी यात्रा तय भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार