Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • गगन भन्छन् – गृहको बार्गेनिङ बढाउन रविले अफवाह फैलाए, प्रधानमन्त्रीको प्रस्ताव गरेका छैनौं

    गगन भन्छन् – गृहको बार्गेनिङ बढाउन रविले अफवाह फैलाए, प्रधानमन्त्रीको प्रस्ताव गरेका छैनौं

    अनलाइन नेपाल
  • बुधबार, २३ फाल्गुन २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले झुटो अफवाह फैलाएको आरोप लगाएका छन् ।

    बुधवार सामाजिक सञ्जालमा भिडियो सन्देश छोड्दै महामन्त्री थापाले सो आरोप लगाएका हुन् । उनले नयाँ सत्ता गठबन्धनमा गृह मन्त्रालयको बार्गेनिङ बढाउन सभापति रविले अफवाह फैलाएको आरोप लगाए ।



    नयाँ गठबन्धनसँग गृहमन्त्रीको बार्गेनिङका लागि लामिछानेले आफूलाई कांग्रेसले प्रधानमन्त्री प्रस्ताव गरेको अफवाह फैलाएको उनको आरोप छ ।



    ‘नयाँ पार्टीका कुरा हामीले कुरा सुन्यौँ । गठबन्धनभित्र बार्गेनिङ गर्नका लागि अफवाह फैलाउने काम भएको छ, कांग्रेसले प्रधानमन्त्री अफर गर्यो भनेर,’ उनले भने ।

    यस्तै आफूहरू सम्झौतामा इमान्दार हुँदाहुँदै राजनीतिक बेइमानी गरेर माओवादीले नै गठबन्धन छोडेर गएको महामन्त्री थापाको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार