Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • गगन थापाको आरोप – सहकारीको पैसा जीबी राई र रवि लामिछाने मिलेर हिनामिना गरे

    गगन थापाको आरोप – सहकारीको पैसा जीबी राई र रवि लामिछाने मिलेर हिनामिना गरे

    अनलाइन नेपाल
  • शनिबार, ८ बैशाख २०८१
  • 654
    SHARES

    इलाम । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारीमा सर्वसाधारणले जम्मा गरेको पैसा जीबी राई र रवि लामिछाने मिलेर हिनामिना गरेको आरोप लगाएका छन् ।

    इलाम– २ मा वैशाख १५ मा हुन गइरहेको उपनिर्वाचनको प्रचारका लागि पुगेका महामन्त्री थापाले यस्तो आरोप लगाएका हुन् ।



    ‘जीबी राईले सबै पैसा ग्यालेक्सी टीभीमा लगाएको छु भनेका छन् । यही विषयलाई हामीले सदन र सडकमा उठाउँदै आएका छौं । तर राजनीतिक आग्रहका आधारमा भनेको छैन । गोर्खा मिडियाका मालिक, जिबी राई र रवि लामिछाने हुन् । पाँचवटा सहकारीको एक अर्ब रुपैयाँ गोर्खा मिडियामा गएको छ । खासमा एक सुक्का पनि लान पाइँदैनथ्यो । सर्वसाधारणको पैसा एक अर्ब कसले फिर्ता गर्छ ? ती मान्छेले न्याय पाउनु पर्दैन ?,’ थापाले भने ।



    उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछाने छानबिन समितिबाट भाग्दा झन् बढी संशय उठेको बताए । अर्काको नाकको डाँडी भाँच्छु भन्ने रवि लामिछानेले आफ्नैबारे सोध्दा मलाई के थाहा भनेर उम्किन नमिल्ने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार