Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • कांग्रेस महासमिति बैठक

    प्रतिवेदन पेश गर्दै महामन्त्री शर्माले भने–चुनावी गठबन्धनबारे व्यक्तिगत भड्कावमा निर्णय हुनु हुँदैन

    प्रतिवेदन पेश गर्दै महामन्त्री शर्माले भने–चुनावी गठबन्धनबारे व्यक्तिगत भड्कावमा निर्णय हुनु हुँदैन

    वर्तमान गठबन्धनमा जतिबेला पनि संकट आउनसक्छ

    अनलाइन नेपाल
  • मंगलबार, ८ फाल्गुन २०८०
  • 627
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गठबन्धन गर्ने या नगर्ने अथवा भएको गठबन्धनलाई निरन्तरता दिने वा नदिने भन्ने विषय व्यक्तिगत स्तरमा बन्ने मनोगत धारणाको भड्कावमा हुन नहुने बताएका छन् ।

    ललितपुरको गोदावरीमा जारी महासमितिको बैठकमा समसामयिक राजनीतिक प्रतिवेदन पेश गर्दै उनले कोशी प्रदेशमा पछिल्लो पटक सरकार बनाउँदा र राष्ट्रियसभा चुनावमा माओवादी उम्मेदवार पराजित हुँदा गठबन्धनमा जतिबेला पनि संकट आउनसक्ने औंल्याएका छन् ।



    प्रतिवेदनमा भनिएको छ–‘के हेक्का राख्नैपर्छ भने गठबन्धन छोड्न हामी कुनै पनि दल स्वतन्त्र रहेर गतिविधि गर्न हामी स्वतन्त्र छैनौं । केन्द्र र प्रदेश दुवै ठाउँमा विश्वासको निश्चित आधारमा कार्य गर्न सकिएन भने त्यसले गठबन्धनको भविष्य संकटमा पर्नेछ । अन्य दलसँगको चुनावी या सत्ता गठबन्धन दल र दलका बीच संस्थागत निर्णयको आधारमा हुने हो ।’



    प्रतिवेदनमा थप भनिएको छ–‘गठबन्धन गर्ने या नगर्ने अथवा भएको गठबन्धनलाई निरन्तरता दिने या गठबन्धन छोड्ने जस्ता विषय व्यक्तिगत स्तरमा बन्ने मनोगत धारणाको भड्कावमा हुनुहुन्न । पार्टीले गहन छलफलबाट परिपक्व निर्णय लिनुपर्ने हन्छ । नेपाली कांग्रेस समग्र परिस्थितिको संयम समीक्षा गरेर आवेगमुक्त ढंगले चल्ने बिषयमा संस्थागतरूपले स्पष्ट छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार