Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • विश्वप्रकाशको प्रचण्डलाई अपिल – रास्वपाले मागे जस्तो सार्वजनिक पद धारण गर्नेको सम्पत्ति छानबिन गरौँ

    विश्वप्रकाशको प्रचण्डलाई अपिल – रास्वपाले मागे जस्तो सार्वजनिक पद धारण गर्नेको सम्पत्ति छानबिन गरौँ

    अनलाइन नेपाल
  • मंगलबार, २७ चैत्र २०८०
  • 744
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सार्वजनिक अपिल गर्दै २०४७ यता सार्वजनिक पद धारण गर्ने सबैको सम्पत्ति उपर छानबिन गर्न उच्चस्तरीय समिति बनाउन आग्रह गरेका छन् ।

    सामाजिक सञ्जालमार्फत महामन्त्री शर्माले रास्वपाको माग अनुसार २०४७ यता सार्वजनिक पद धारण गर्ने सबैको सम्पत्ति उपर छानबिन गर्न उच्चस्तरीय समिति बनाउन आग्रह गरेका हुन् ।



    उनले भने ‘सम्माननीय प्रधानमन्त्री सार्वजनिक अपील ! १० विगतदेखि हामी सबैले माग गर्दै आएको ०४७ यता सार्वजनिक पद धारण गर्नेको सम्पत्ति उपर ‘उच्चस्तरीय छानबिन समिति’को माग रास्वपाले अहिले जो अघि सारेको छ, यो उपयुक्त छ । गठन गरौं । २० सहकारी ठगीबारे ‘संसदीय छानबिन समिति’ गठन गरौं !



    आज मात्रै संसद् भवन परिसरमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले ०४७ सालयताका सबै भ्रष्टाचारहरू छानबिन गर्न स्वतन्त्र समितिको पक्षमा रहेको रास्वपा रहेको टिप्पणी गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार