Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • सहकारी ठगी प्रकरण

    गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न समिति गठन नगरे संसद अवरुद्ध गर्ने कांग्रेसको चेतावनी

    गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न समिति गठन नगरे संसद अवरुद्ध गर्ने कांग्रेसको चेतावनी

    अनलाइन नेपाल
  • बुधबार, २१ चैत्र २०८०
  • 315
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी प्रकरणबारे संसदीय छानबिन समिति गठन गरिनुपर्ने बताएका छन् ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै महामन्त्री शर्माले यसते माग राखेका हुन् । महामन्त्री शर्माले गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी प्रकरणको संसदीय छानबिन समिति बनाएर छानबिन गरिनुपर्ने बताए ।



    महामन्त्री शर्माले भने, ‘हामी संसदीय छानबिन समितिभन्दा दायाँबायाँ उभिनेवाला छैनौं। कसैलाई भ्रम नहोस्। कतिपयलाई भ्रम परेको छ । कांग्रेसले उठाएको यो मुद्दा टुंगिँदैछ। सत्ताको समीकरण खेलमा कांग्रेसले नयाँ चाल गर्दैछ। कुनै चाल छैन।’



    गृहमन्त्री लामिछाने र उनको पार्टीका अन्य नेताहरू पनि सहकारी ठगीमा संलग्न रहेको पाइएकाले ती व्यक्तिहरूमाथि छानबिन हुनेमा आशंका रहेको शर्माले बताए । महामन्त्री शर्माले अबको बैठकमा संसदीय छानबिन समिति चाहिने बताए ।

    उनले संसद् अवरोध गर्ने चेतावनी दिए । आजबाट अल्टिमेटम सकिएको भन्दै महामन्त्री शर्माले आजको बैठकपछि सरकारले संसदीय छानबिन समिति लिएर आउनुपर्ने बताए ।

    पार्टीले आवेग र पूर्वाग्रहमा रवि लामिछानेमाथि छानबिन नमागेको पनि शर्माले स्पष्टीकरण दिए। महामन्त्री शर्माले सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेले संसदीय समितिमा उपस्थित भएर जवाफ दिनुपर्ने बताए ।

    गृहमन्त्री लामिछाने सहकारीको ८० करोड रुपैयाँ हिनामिना प्रकरणमा मुछिएको भन्दै कांग्रेसले यो विषयमा सत्यतथ्य पत्ता लगाउन संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार