Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • महामन्त्री शर्माको दाबी – छिट्टै कांग्रेस र एमाले मिलेको खबर आउँछ, अनौठो मान्नु पर्दैन

    महामन्त्री शर्माको दाबी – छिट्टै कांग्रेस र एमाले मिलेको खबर आउँछ, अनौठो मान्नु पर्दैन

    अनलाइन नेपाल
  • बिहिबार, २९ चैत्र २०८०
  • 2.5K
    SHARES

    फाइल तस्विर

    झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो दल र नेकपा एमाले मिलेको खबर केही समयमै आउने बताएका छन् ।

    झापामा बिहीवार पुहाँतु चौधरीको शालिक अनावरण गर्दै शर्माले यस्तो बताएका हुन् । उनले केही समयमै कांग्रेस र एमाले मिलेको खबर आउने दाबी गरे ।



    ‘यसअघि एमाले र माओवादी केन्द्र मिलेका थिए । त्यसपछि कांग्रेस र माओवादी पनि मिले । को कहिले मिले वा मिलेनन् भन्ने विषय स्थायी होइन,’उनले भने,‘यसैले अलिपछि कांग्रेस र एमाले मिलेको खबर पनि आउँछ । कांग्रेस र एमाले मिलेर सरकार बनाउन सक्ने सम्भावनालाई अनौठो मान्नु हुँदैन ।’



    जिल्लाबासी नेता भएको हिसाबले एमाले अध्यक्ष केपी ओली र कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई सम्मान र श्रद्धा गर्ने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार