Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • गृहमन्त्री लामिछानेले नै जीबी राईलाई समात्न नचाहेको कांग्रेस महामन्त्री शर्माको आरोप

    गृहमन्त्री लामिछानेले नै जीबी राईलाई समात्न नचाहेको कांग्रेस महामन्त्री शर्माको आरोप

    अनलाइन नेपाल
  • बुधबार, २१ चैत्र २०८०
  • 270
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जीबी राई उपप्रधान तथा गृहमन्त्रीको सम्पर्कमा रहेको आफूहरूले सूचना पाएको बताएका छन्।

    प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै महामन्त्री शर्माले यस्तो दाबी गरेका हुन् । महामन्त्री शर्माले राई मलेसियामा रहेको सूचना आफूहरुसँग रहेको र गृहमन्त्री लामिछाने उनीसँग सम्पर्कमा रहेको बताए ।



    तर, जीबी राईलाई नेपाल ल्याउन किन ढिलाइ भइरहेको छ भनेर उनले प्रश्न गरे।



    संसदीय समितिको बैठकमा प्रहरी प्रमुखले सुपुर्दगी सन्धि नहुँदा जीबी राईलाई नेपाल झिकाउन नसकिएको बताएका थिए ।

    प्रहरी प्रमुखले दिएको अभिव्यक्तिको प्रसंग जोड्दै महामन्त्री शर्माले भने, ‘म गृहमन्त्रीजीलाई मलेसियाको कानुन पढाउन चाहन्छु । मलेसियाको कानुनमा भनिएको छ कि कुनै पनि देशको कोही अभियुक्त छ भनेर सम्बन्धित देशले कूटनैतिक प्रक्रियाबाट माग गर्यो भने सुपुर्दगी गर्न सकिन्छ । जीबी राईलाई लिएर आउने कुरामा के कुरामा ढिलाइ भएको छ ?’

    राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिपक्षमा रहँदा सभापति लामिछानेले सरकारले जीबी राईलाई पक्राउ गर्नै नचाहेको भनेर आरोप लगाएको स्मरण गर्दै कांग्रेस महामन्त्री शर्माले अहिले आफू सरकारमा रहँदा गृहमन्त्री लामिछानेले राईलाई पक्राउ गर्न नचाहेको बताए।

    जीबी राई मलेसियामा रहेका कुरा दुनियाँलाई थाहा भएको उनको दाबी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार