Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पिएसजी र ब्रेस्ट भिड्दै, मेसीको डेब्यूबारे यसो भन्छन् प्रशिक्षक

एजेन्सी – फ्रेन्च लिग वानमा शुक्रबार राति पेरिस सेन्ट जर्मन (पिएसजी)ले ब्रेस्टसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार राति १२ः४५ बजे शुरु हुनेछ। लिगमा यो पिएसजीको तेस्रो खेल हो।

यसअघि भएका दुबै खेलमा पिएसजी विजयी भएको थियो। स्टार खेलाडीहरुले भरिएको पिएसजीले आक्रामक खेल प्रस्तुत गरिरहेको छ। ब्रेस्टविरुद्धको खेललाई पिएसजी समर्थकले प्रतीक्षा गरिरहेका छन्। मेसीले ब्रेस्टसँगको खेलमा डेब्यू गर्ने सम्भावना एकदमै न्यून छ।

तयारी नपुगेको भन्दै उनलाई मैदान उतार्न प्रशिक्षक माउरिसियो पोचेटिनो तयार नभएको बताइएको छ। यसो त मेसी पिएसजीबाट पहिलो खेल खेल्न तयार देखिएका छन्।

‘कोपा अमेरिका सकिएपछि मेसीले धेरै ट्रेनिङ लिएका छैनन्। उनी नयाँ ठाउँमा नयाँ साथीहरुसँग छन्। केही समय घुलमिल होउन् भनेर उनलाई केही समय होल्ड गराइएको हो,’ प्रशक्षिक पोचेटिनोले भने।

मेसीले अगस्ट २९ मा रेइम्सविरुद्ध हुने खेलमा पिएसजीका लागि पहिलो खेल खेल्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077