Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पिएसजीले तेस्रो खेल खेल्दै : मेसी–नेयमार खेल्छन् कि खेल्दैनन् ? यस्तो सम्भावित प्लेइङ ११

एजेन्सी – फ्रेन्च लिग वानमा शुक्रबार राति पेरिस सेन्ट जर्मन (पिएसजी)ले ब्रेस्टसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार राति १२ः४५ बजे शुरु हुनेछ। लिगमा यो पिएसजीको तेस्रो खेल हो।

यसअघि भएका दुबै खेलमा पिएसजी विजयी भएको थियो। स्टार खेलाडीहरुले भरिएको पिएसजीले आक्रामक खेल प्रस्तुत गरिरहेको छ। मेसीले ब्रेस्टसँगको खेलमा डेब्यू गर्ने सम्भावना एकदमै न्यून छ।

तयारी नपुगेको भन्दै उनलाई मैदान उतार्न प्रशिक्षक माउरिसियो पोचेटिनो तयार नभएको बताइएको छ। मेसीसँगै नेयमारले पनि यो खेल नखेल्ने सम्भावना रहेको छ।

‘कोपा अमेरिका सकिएपछि मेसीले धेरै ट्रेनिङ लिएका छैनन्। उनी नयाँ ठाउँमा नयाँ साथीहरुसँग छन्। केही समय घुलमिल होउन् भनेर उनलाई केही समय होल्ड गराइएको हो,’ प्रशक्षिक पोचेटिनोले भने।

मेसीले अगस्ट २९ मा रेइम्सविरुद्ध हुने खेलमा पिएसजीका लागि पहिलो खेल खेल्ने अनुमान गरिएको छ।

पिएसजीको सम्भावित प्लेइङ ११ :

नाभास, हाकिमि, केहरेर, किम्पेम्बे, डियलो, पेरेइरा, हेरेरा, विज्नाल्डम, ड्राक्सलर, इकार्डी, एमबाप्पे

ब्रेस्ट सम्भावित प्लेइङ ११ :

विजोट, पिइरे–ग्याब्रियल, चार्दोन्नेट, ब्रासियर, युरोनेन, होनोरत, एमबोक, बेल्केब्ला, फैभ्रे, माउनिइ, कार्डोना

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077