Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन

काठमाडौं । कोरोना संक्रमणका कारण वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ। थापाको शनिबार बिहान निधन भएको हो।

पारिवारीक स्रोतका अनुसार शनिबार विहान ४ः४० बजे पाटन अस्पतालमा उनको निधन भएको हो। कोरोना सक्रमित भएपछि थापालाई दुई साताअघि पाटन अस्पताल भर्ना गरिएको थियो।

थापाले टेलिफिल्म हल्का रमाइलो , गोलमाल, भद्रगोल, मह सन्चार, मेरीबास्सैमा अभिनय गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077