Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

कटुवा पेस्तोलसहित अन्सारी पक्राउ

रामनारायण यादव/सर्लाही। सर्लाहीमा प्रहीले कुटवा पेस्तोल र गोलीसहित एक जनालाई शनिबार पक्राउ गरेका छ ।

सर्लाहीको मंलगवा नगरपालिका वडा नम्वर ११ ठुलो पल्सीबाट सोही ठाउँका ३० वर्षीय समसुद्दिन अंसारीको साथबाट कटुवा पेस्तोल र १ राउण्ड गोली सहित नियन्त्रण्मा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुबै दाजु भाई बीच झै–झगडा भईरहेको खबर प्रहरीले दिएपछि झै–झगडा छुटाउन गएका प्रहरी टोलिले दुबै जनालई समझाई बुझाई झगडा छुटाउने क्रममा समसुद्दिन अन्सारीको कम्मरमा छोए पछि कटुवा पेस्तोल फेला फरेपछि उनलाई प्रहरी टोलिले नियन्त्रणमा लिएको थियो ।

समसुद्दिन अन्सारी र फुल गनी अन्सारी दाजु भाई हुन् । पक्राउ परेका अन्सारी को बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकिले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077