Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

प्रधानमन्त्री देउवा र भाजपा विदेश विभाग प्रमुखबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ। उनीहरुबीच आइतबार भेटवार्ता भएको हो।

काठमाडौं आएका चौथाइवाले प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए। भेटमा चौथाइवालेले प्रधानमन्त्रीमा नियुक्त भएकोमा देउवालाई बधाई दिएका थिए। देउवासँग भाजपा र नेपाली कांग्रेसको सम्बन्ध विस्तारबारे समेत छलफल भएको चौथाइवालेले ट्वीटमार्फत जानकारी दिएका छन्।

चौथाइवालेले कांग्रेस नेता एवं पूर्व परराष्ट्रमन्त्री प्रकाशशरण महतसँग पनि भेटवार्ता गरेका छन्। उनी केही दिने काठमाडौंमै रहने बताइएको छ। त्यसक्रममा उनले अन्य दलका नेताहरुसँग पनि भेटघाट गर्ने उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077