Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बालाजुमा ठगीको धन्दा : म्याद सकिएका खाद्यवस्तुमा रिलेभलिङ र मनलाग्दी मूल्य, एकजना पक्राउ

काठमाडौं । प्रहरीले म्याद गुज्रिएका खाद्यवस्तुमा रिलेभलिङ गरी बिक्रि वितरण गर्ने एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं जिल्ला चन्द्रागिरी नगरपालिका वडा नं.६ बस्ने ३१ वर्षीय सुवास खड्का रहेका छन्।

त्यस्तै घटनामा संलग्न एकजना फरार भएका छन्। फरार हुनेमा मोरङ घर भई हाल काठमाडौंको नयाँ बानेश्वर बस्ने प्रभात देव रहेका छन्। प्रभाव अगद नेपाल भेन्चरका सञ्चालक हुन् भने सुवास कम्पनीका सुपरभाइजर हुन्। उनीहरुले म्याद गुज्रिएका खाद्य सामग्रीहरुमा नयाँ लेभलिङ गरी आफुखुसी महंगो मूल्य राखी बजारमा बिक्री वितरण गर्ने गरेको पाइएको छ।

महानगरीय अपराध महाशाखा र वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त अनुसन्धान टोलीले शंकास्पद कम्पनी तथा गोदामहरु अनुसन्धान गर्दा काठमाडौंको बालाजुस्थितमा अगद नेपाल भेन्चर प्रा. लि.मा गोदाम गरी राखिएको ठूलो परिमाणमा म्याद सकिएका खाद्यवस्तुहरु फेला पारेको हो।

विभिन्न कम्पनीबाट उत्पादित खाद्य सामाग्री बिस्कुटहरु ( (Digestive, Crunchy, Coconut Cookies, Butter Cookies, Free-kick), पास्ता, सेवाई, कर्नफ्लेक्स, लगायतका म्याद गुज्रिएका सामानहरुलाई मेसिनद्वारा नयाँ उत्पादन मिति तथा मूल्य रिलेभलिङ गरि थोक तथा खुद्राका लागि बिक्री वितरण गरिरहेको पाइएपछि गोदाम तथा भाडाको सटर समेत शिल गरिएको छ।

खड्कालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहल पठाईएको छ। साथै यस सम्बन्धमा थप अनुसन्धान कार्य पनि भइरहेको प्रहरीले जानकारी दिएको छ। उक्त कम्पनीबट उत्पादन मिति र मूल्य रिलेभलिङ गर्ने डिजिटल मेसिन एक थान र लेभल मेट्न प्रयोग हुने केमिकल एक थान बरामद गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077