Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट अभिषेकसहित ३ खेलाडी आउट

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट थप ३ खेलाडी बाहिरिएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार पोखराको बन्द प्रशिक्षणमा रहेका मध्येबाट ३ खेलाडी बाहिरिएको जानकारी दिएको छ।

बन्द प्रशिक्षणबाट बाहिरिनेमा अभिषेक रिजाल, अर्पण कार्की र शिशिर लेखी रहेका छन्। अब बन्द प्रशिक्षणमा २५ खेलाडी मात्र रहेका छन्। साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ।

साफ च्याम्पियनसिपका लागि नेपाली टिमले पोखरामा तयारी गरिरहेको छ। नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। नेपाल र माल्दिभ्सबीचको खेल अक्टोबर १ (असोज १५) मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077