Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

लोसपाका १४ सांसद र १७ कार्यकारिणी सदस्यको सनाखत

काठमाडौं । प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ताका लागि १४ जना सांसदको हस्ताक्षर सनाखत भएको छ ।

बुधबार निर्वाचन आयोगमा अध्यक्ष महन्थ ठाकुर नेतृत्वको १४ जना सांसदको लोसपाका लागि हस्ताक्षर सनाखत भएको हो।

लोसपाका बरिष्ठ नेता राजेन्द्र महतोका अनुसार १४ सांसदको हस्ताक्षर सनाखत भएको छ। यसअघि १५ सांसदले हस्ताक्षर सनाखतका लागि निवेदन दिएकोमा १ जना अनुपस्थित भएपछि १४ जनाको मात्रै हस्ताक्षर भएको महतोले बताए।

यस्तै, लोसपाका लागि जसपाका १७ जना कार्यकारिणी समिति सदस्यले निर्वाचन आयोगमा पुगेर सनाखत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077