Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रदेश १ मा आजै मुख्यमन्त्री फेरिने, यस्तो छ अंकगणित

नेकपा एमालेले बिहीबार प्रदेश १ को मुख्यमन्त्री परिवर्तन गर्ने तयारी गरेको छ। एमालेले वर्तमान मुख्यमन्त्री शेरधन राईलाई राजीनामा दिन लगाई नयाँ मुख्यमन्त्रीमा एमाले सचिव भीम आचार्यलाई ल्याउने तयारी गरेको हो।

आज ९ बजेका लागि एमाले प्रदेश १ संसदीय दलले आज बैठक बोलाइएको छ। उक्त बैठकमा एमालेले मुख्यमन्त्री तथा संसदीय दलका नेता शेरधन राईलाई राजीनामा गराउने तयारी गरेको छ।

राईले राजीनामा दिएपछि आचार्यलाई संसदीय दलको नेता बनाइने एक नेताले जानकारी दिए। ती नेताका अनुसार आचार्यलाई बिहीबार नै मुख्यमन्त्री शपथग्रहण गराउने प्रयास हुनेछ। माधव नेपालका साथ छाडेका आचार्यलाई ओली समूहले मुख्यमन्त्री दिने आश्वासन पहिले नै दिएको थियो।

९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा हाल ९२ जना सांसद छन्। प्रदेश १ मा नेकपा एमालेका ५१ सदस्य छन्। जसमध्ये एक जना सभामुख छन्। अर्का एक सांसद गुलेफुन खातुन फौजदारी मुद्दामा दोषी देखिएकाले फरार छिन्।

एमालेका ५१ मध्ये नयाँ पार्टीमा १८ जना सांसद नयाँ पार्टीमा जाने बताइएको छ। प्रदेशमा बहुमतका लागि ४७ मत आवश्यक पर्छ। अन्य दलले साथ नदिएमा र एमालेबाट ५ वा सोभन्दा बढी सांसदले नयाँ पार्टी रोजेमा एमालेलाई बहुमत पुग्दैन।

माधव नेपालको पार्टीमा एमालेबाट ६ सांसद मात्र गएमा र अन्य विपक्षी दलहरुबीच मार्चाबन्दी भएमा गठबन्धनको नयाँ सरकार बन्ने सम्भावना छ। प्रदेशमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीका ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चको १÷१ जना सांसद छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077