Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

पञ्जशीर कब्जा गर्न हिँडेका सयौं लडाकु मारिए, तालिबानको उड्यो होश

एजेन्सी । अफगानिस्तान कब्जा गरेको तालिबानले सरकार गठनको प्रक्रिया अघि बढाइसकेको छ। देशका अधिकांश प्रान्तहरु कब्जा गरेको तालिबानका लागि पञ्जशीर टाउको दुखाइको विषय बनिरहेको छ।

यसो त तालिबानले पञ्जशीर उपत्यकका घेरिसकेको दाबी गरेको थियो। तर, त्यहाँ जित हासिल गर्नु उसका लागि निकै कठिन छ। अहमद मसुदको नेतृत्वमा ९ हजार विद्रोही मोर्चाबन्दी गरी लडाइँका लागि तयार रहेका छन्। पञ्जशीरको डाँडाहरुमा मसुदका जवानहरुले ठूला–ठूला मेसिन गनहरु तैनाथ गरेका छन्।

त्यहाँ निगरानी चौकीहरुको पनि स्थापना गरिएको छ। पञ्जशीर कब्जा गर्न हिँडेका सयौं लडाकुहरु मारिएको पनि खबरहरुमा उल्लेख गरिएको छ। यसबारे आधिकारिक पुष्टि भने भएको छैन।

पञ्जशीरका नेताहरुले आफूहरु कुनै पनि हालतमा तालिबानसँग हार नमान्ने पक्षमा रहेको बताएका छन्। उनीहरुले त्यहाँ रक्तपात हुने चेतावनी दिएका छन्।

उता तालिबानका प्रवक्ता जबीहुल्ला मुजाहिदले बुधबार पञ्जशीर छिट्टै आफ्नो कब्जामा आउने बताएका छन्। मसुदको नेतृत्वमा रहेको जवानहरु सैनिक पोसाकमा रहेको र युद्धका लागि तयार रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन्। त्यहाँ ठूलो भिडन्तको खतरा रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077