Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

फोटो खिचाउन गएकी जर्मन मोडल चितुवाको आक्रमणमा परी गम्भीर घाइते

एजेन्सी । जर्मनीमा पहिला प्रदर्शनीमा देखाइने गरेका वन्यजन्तुलाई अवकाशपछि राखिएको एउटा पशुशालामा चितुवाले आक्रमण गर्दा एक ३६ वर्षे मोडल गम्भीर घाइते भएकी छन् । उनी फोटो खिचाउन त्यहाँ गएको बताइएको छ।

उनको टाउकोमा गम्भीर चोट लागेको छ। फोटो खिचाउन गएको ठाउँमा ट्रोय र पारिस नामक दुईवटा चितुवा भएको बीबीसीले बताइएको छ।

प्रहरीका अनुसार उक्त घटना मङ्गलवार भएको थियो र ती मोडललाई अस्पताल लगियो ।

आक्रमण गर्ने चितुवा भागेको सूचना मोबाइल अलर्टबाट दिइएको भए पनि पछि त्यो सत्य नभएको पुष्टि भएको छ ।

बुर्गेनलान्डका अधिकारीहरूका अनुसार चितुवाबाट अरू मानिस जोखिममा नरहेको तथा साक्शोनी-आन्हाल्ट राज्यको नेब्रास्थित सो पशुशालामा कसरी त्यो घटना भयो भनेर अनुसन्धान भइरहेको छ।

जर्मनीबाट प्रकाशित हुने बिल्ड पत्रिकाले घाइते महिलाको नाम जेसिका लाइडोल्फ भएको जनाएको छ।

घटना हुँदा उनी त्यहाँ के प्रयोजनका लागि तस्बिर खिचाउन गएकी थिइन् र कसले व्यवस्थापन गरेको थियो भन्ने खुलेको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077