Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले संसदीय दलको नेतामा भीम आचार्य चयन, आजै मुख्यमन्त्रीको सपथ लिँदै

विराटनगर। नेकपा एमाले प्रदेश नम्बर १ संसदीय दलको नेतामा भीम आचार्य सर्वसम्मतले चयन भएका छन्।

प्रदेशका मुख्यमन्त्री एवं तत्कालीन संसदीय दलको नेता शेरधन राईको प्रस्तावमा आचार्य सर्वसम्मत रुपमा दलको नेता चयन भएका हुन् ।

बिहीबार बिहान बसेको संसदीय दलको बैठकले आचार्यलाई दलको नेता चयन गरेको हो । बैठकमा ३१ जना सहभागी रहेका थिए ।

आचार्यनिकट एक नेताका अनुसार आचार्य संसदीय दलको नेतामा नियुक्त भएसंगै उनलाई बिहीबार नै मुख्यमन्त्रीमा शपथग्रहण गराउने तयारी भएको छ । माधव नेपालका साथ छाडेका आचार्यलाई ओली समूहले मुख्यमन्त्री दिने आश्वासन पहिले नै दिएको थियो ।

९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा हाल ९२ जना सांसद छन्। प्रदेश १ मा नेकपा एमालेका ५१ सदस्य छन्। जसमध्ये एक जना सभामुख छन्। अर्का एक सांसद गुलेफुन खातुन फौजदारी मुद्दामा दोषी देखिएकाले फरार छिन् ।

एमालेका ५१ मध्ये नयाँ पार्टीमा १८ जना सांसद नयाँ पार्टीमा जाने बताइएको छ। प्रदेशमा बहुमतका लागि ४७ मत आवश्यक पर्छ। अन्य दलले साथ नदिएमा र एमालेबाट ५ वा सोभन्दा बढी सांसदले नयाँ पार्टी रोजेमा एमालेलाई बहुमत पुग्दैन।

माधव नेपालको पार्टीमा एमालेबाट ६ सांसद मात्र गएमा र अन्य विपक्षी दलहरुबीच मार्चाबन्दी भएमा गठबन्धनको नयाँ सरकार बन्ने सम्भावना छ। प्रदेशमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीका ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चको १-१ जना सांसद छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077