Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मुख्यमन्त्री भीम आचार्यका भाइ मृत अवस्थामा भेटिए, आत्महत्याको आशंका

विराटनगर । प्रदेश नं १का नबनियुक्त मुख्यमन्त्री भीम आचार्यका भाइ राम आचार्य मृत अवस्थामा भेटिएका छन् ।

बिहीबार विहान सुनसरी सदरमुकाम इनरुवा–३ स्थित आफ्नै घरमा आचार्य मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अहिले घटनास्थलमा  मुचुल्का उठाउने काम भइरहेको छ । उनले आत्महत्या गरेको आशंका गरिएको छ । घरभित्र कोठा फोरेर हेर्दा शव फेला परेको प्रहरीको भनाइ छ।

५९ वर्षिय राम आचार्य भिम आचार्यका कान्छा भाइ हुन् । उनी उच्च रक्तचाप र मधुमेहका साथै डिप्रेसनबाट समेत पिडित रहेको बताइएको छ । उनी नेकपा एमालेका पहिलो इनूवा नगर कमिटी सचिव र इन्सेकको मानवअधिकार वर्ष पुस्तक प्रतिनिधिसमेत भएका थिए। घटनास्थलमा मुख्यमन्त्री आचार्यकी पत्नी समेत पुगिसकेकी छन्।

यता, एमाले सचिव समेत रहेका आचार्यले केही बेर अघिमात्र मुख्यमन्त्री पदमा आफ्नो पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077