Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

महरालाई 'बिकिनी किलर'को संज्ञा दिँदै फेरि अर्को मुद्धामा फसाइदिने रोशनीको धम्की

काठमाडौं । बलात्कारको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महरालाई जेल पठाएकी रोशनी शाहीले फेरि पनि फसाउने भन्दै धम्की दिएकी छिन्।

नेकपा माओवादी केन्द्रका नेता महरा सभामुख रहेका बेला संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनीले आफुलाई महराले जबरजस्ती गरेको भन्दै जेल पठाएकी थिइन्।

जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनबाट सफाई पाएका बहादुर महरालाई शाहीले धम्की दिँदै फेरि अर्को मुद्धा पनि बाँकी रहेको बताएकी छिन्।

यतिबेला माओवादी केन्द्रको प्रवक्ता रहेका महरालाई रोशनीले सामाजिक संजालमा एक स्टाटस लेख्दै उक्त धम्की दिएकी हुन् । त्यस्तै, शाहीले महराप्रति आक्रोश ब्यक्त गर्दै महरा प्रवक्ता बनेको समाचार फेसबुकमा शेयर गर्दै 'बिकिनी किलरहरु'को संज्ञा समेत दिएकी छिन्।

राजनीतिक रुपमा इमान्दार र व्यावहारिक रुपमा शालिन नेता महराले आफूमाथि रोशनीले लगाएको झुटो आरोपका कारण लामो समय जेल जीवन समेत विताउन बाध्य भए । जेलजीवन विताएपछि उनी दुवै अदालतबाट निर्दोष सावित त भए तर उनको राजनीतिक जीवनमा भने ठूलो क्षति भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077