Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काबुल आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या ९० पुग्यो, थप हमला हुनसक्ने

एजेन्सी । काबुल विमानस्थलमा बिहीवार भएको आक्रमणमा परेर ज्यान गुमाउनेहरूको सङ्ख्या ९० पुगेको एक जनस्वास्थ्य अधिकारीले बीबीसीलाई बताएका छन्।घाइतेहरूको सङ्ख्या १५० नाघेको बताइएको छ।

मृत्यु हुने अफगानमध्ये कम्तीमा २८ जना तालिबान सदस्य रहेको एक तालिबान अधिकारीले बताएका छन्।

अमेरिकी कमान्डरहरू अफगानिस्तानमा थप आक्रमणको सामना गर्नका लागि तयारी अवस्थामा रहेको एक उच्च सैन्य अधिकारीले जनाएका छन्।

इस्लामीक स्टेटले काबुल विमानस्थलमा सम्भावित रकेट वा सवारीसाधन प्रयोग गरी थप आक्रमण गर्न सक्ने अमेरिकाका सेन्ट्रल कमान्ड जेनेरल फ्र्याङ्क मकेन्जीले बताएका छन्।

'तयारी गर्नका लागि हामीले सबै कुरा गरिरहेका छौँ,' उनले भने।

अमेरिकी सेनाले अफगानिस्तानमा उद्धार कार्य सम्पन्न गर्नका लागि तीव्र रूपमा काम गरिरहेको छ। तालिबानसँग सहमति गरे अनुरूप अमेरिकाले उद्धार कार्य अगस्ट ३१ तारिखसम्ममा सम्पन्न गर्ने तयारी गरिरहेको छ।

अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानबाट अमेरिका फर्कने समयसीमा थपेका छैनन्। बिहीवार साँझ उनले आक्रमणकै बीच उद्धार कार्य भने जारी रहने जनाएका छन्।

आफूलाई काबुलमा खटिएका कमान्डरहरूले अमेरिकी र अफगान नागरिकहरूको उद्धार अगस्ट महिनाको अन्त्यसम्ममा सम्पन्न गर्न सकिने बताइएको बाइडनले जानकारी दिए।

हालसम्म अफगानिस्तानबाट एक लाखभन्दा बढीको उद्धार गरिएको बताइएको छ।

उनले बिहिवार काबुल विमानस्थल बाहिर गरेको पछिल्लो आक्रमणको बदला लिन आईएसआईएस-के माथि आक्रमण गर्ने योजना बनाउन पेन्टागनलाई निर्देशन दिएका छन्।बाइडनले आक्रमणको बदला लिने वाचा गरेका छन्।

बिहीवारको घटनामा १३ जना अमेरिकी सुरक्षा अधिकारीहरू मारिएका थिए। समाचार संस्था रोयटर्सका अनुसार इस्लामीक स्टेटले आत्मघाती आक्रमणकारीले 'अमेरिकी सेनाका सहयोगी र अनुवादकहरू' लाई निसाना बनाएको बताएको छ।

अमेरिकी केन्द्रीय कमान्डका प्रमुख जेनेरल केनीथ मकेन्जीले गोली प्रहारपछि विस्फोटन भएको तर अफगानिस्तानको सत्तामा आएको नयाँ शक्ति तालिबानले त्यो घटना हुन दिएको हुनसक्ने कुनै पनि किसिमको सङ्केत आफूले नदेखेको बताएका छन्।

तालिबानका एक जना प्रवक्ताले आफूहरूले काबुल विमानस्थलमा ठूलो भिड जम्मा हुँदा सुरक्षामा पर्न सक्ने प्रभावबारे पहिले नै चेतावनी दिएको जनाएका छन्। (बीबीसीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077