Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

क्रिकेटर रसिद खान भन्छन्- पुनः काबुलमा रगत बगिरहेछ, अफगानीलाई मार्न बन्द गर

काठमाडौं । अफगानिस्तानका क्रिकेटर रसिद खानले विश्व समुदायसँग अफगानिस्तानको हिंसा अन्त्यको लागि अग्रह गरेका छन् । क्रिकेटर खानले बिहीबार सामाजिक सञ्जालट्वीटरमार्फत भनेका छन्- अहिले पुनः काबुलमा रगत बगिरहेको छ । कृपया, अफगानीलाई मार्न बन्द गर ।’ बिहीबार काबुल विमानस्थलमा भएको बम विष्फोटको घटनालाई लक्षित गर्दै रासिद खानले यस्तो प्रतिक्रिया दिएका हुन् । बिहीबार विमानस्थलमा भएको उक्त आक्रमणमा परी अहिलेसम्म ९० जनाको मृत्यु भएको छ । जसमध्ये १३ जना अमेरिकी सैनिक छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077