Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यी दुई सांसद जसले माधव नेपालको साथ छाडेको केही दिनमै मन्त्री बन्ने अवसर प्राप्त गरे

विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तार गरेका छन् । बिहीबार मुख्यमन्त्रीको पदभार ग्रहण गरेका मुख्यमन्त्री आचार्यले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

विस्तारित मन्त्रिपरिषद्मा  तेह्रथुमका लक्ष्मण तिवारीले उद्योग वन तथा पर्यटनको जिम्मेवारी पाएका छन् भने ताप्लेजुङका बलबहादुर साम्सोहाङले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । दुवै जनालाई शुक्रबार साँझ प्रदेश प्रमुख सोमानाथ अधिकारी प्यासीले सपथग्रहण गराएका छन् ।

तत्कालीन एमाले विवादका बेला मदहव नेपाल पक्षका मानिने उनीहरु पछिल्लो समय नेपालले एमाले विभाजित गरी दर्ता गरेको नेकपा (एकीकृत समाजवादी) मा नगई एमालेमै बस्ने निर्णय लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077