Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

सिरहामा पोखरीको बाँध फुँट्दा दुई दर्जन बढी घर डुबानमा

रामनारायण यादव / सिरहा । केही दिनदेखि परेको अबिरल वर्षासंगै आएको बाढीले सिरहाका विभिन्न स्थानमा दुई दर्जनभन्दा बढी घर डुबानमा परेको छ ।

पोखरीको बाँध भत्केर गाउँमा पानी पस्दा सिरहाको गोलबजार नगरपालिका वडा नम्वर १२ बेतौनाका एक दर्जनभन्दा बढी घरहरू डुबानमा परेका हुन् ।

स्थानीय सरकारले दिएको बजेटले पोखरीको बाँध राम्रोले काम नगरेपछि बाँध भत्केको अस्थानीहरुले आरोप लगाएका छन् ।

घरमा पानी पसेपछि पीडितहरू नजिकैको छिमेकीको घरमा शरण लिएर बसिरहेका स्थानीयवासी महेश कुमार साहले बताए ।

त्यसैगरी धनगढीमाई नगरपालिका वडा नम्वर ६ मा बाढीको कारण एउटा घर भत्किएको ईलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

वर्षाको पानी बजार पसेकाले मिर्चैयाका दर्जनौँ पसल जलमग्न भएको छ । पूर्वा पश्चिम राजमार्गदेखि उत्तरतर्फ पानीको उचित निकास नभएकाले बजारमा पानी पसेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077