Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

९ करोड बराबरको कोकिनसहित तीन विदेशी नागरिक पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ९ करोड बराबरको कोकिनसहित तीन विदेशी नागरिकलाई पक्राउ गरेको छ। प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले आइतबार २ किलो ९६६ ग्राम कोकिनसहित तीनजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तान्जानियाका नागरिक गेर्तुदे लियोनार्ड किमारो, दक्षिण अफ्रिकन नागरिक शिर्ले गामा, भारतीय नागरिक विजय सिंह रहेका छन्। किमारोलाई सिन्धुलीको खुर्कोटबाट र अन्य दुई जनालाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले पत्रकार सम्मेलनमाफर्त जानकारी दिएको छ।

गोप्य सूचनाको आधारमा खटिएको ब्यूरोको टोलीले उनीहरु आइतबार नै सार्वजनिक गरिसकेको छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077