Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एसपीकै संरक्षणमा टिहुकि र भेडिहर्वा सिमानाबाट तस्करी : भैंसी ,राँगा र मदिरा आम्दानीका स्रोत

पर्सा। जिल्लाको ग्रामीण भेगमा पर्ने टिहुकि, भेडिहर्वा सिमानाबाट प्रहरीकै संरक्षणमा तस्करी भइरहेको छ । प्रत्येक दिन रातमा  भैंसी ,राँगा, मदिरा तथा किराना आईटमको तस्करी भइरहेको सूचना प्राप्त भएको छ ।

भारतीय सीमावर्ती क्षेत्रमा मदिरा उत्पादन एवम् बिक्री वितरणमा भारत सरकारले कडाई गरेपछि नेपालबाट भारततर्फ ठूलो मात्रामा रक्सी तस्करी हुन थालेको छ ।

रक्सी तस्करीमा संलग्नहरूले तिहूकि, भेडिहर्वा नाकालाई प्रयोग गरी ठूलो मात्रामा रक्सी तस्करी गर्दै आइरहेका छन् ।

टिहुकिस्थित प्रहरी चौकीलाई मिलाएर रक्सी ,भैंसी, राँगा ,किराना आईटमको तस्करी हुँदै आएको स्थानीयहरूले जानकारी दिएका छन् । असई नवलेस तिवारीले बढी रकम दिने रक्सी तस्करहरूलाई तस्करीको लाइन दिएको चौकीकै एक जवानले उल्लेख गरे ।

असई तिवारीलाई जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी बेलबहादुर पाण्डेले संरक्षण गरिरहेका छन्।

भारतमा मदिरा उत्पादन र बिक्री वितरणमा कानुनले नै कडाई गरेसँगै सीमाक्षेत्रका धेरै भारतीयहरू नेपालतर्फ मदिरा सेवनका लागि आउने गर्दछन् ।

भारतीयहरूले मदिरा सेवनमा अत्यधिक रुची देखाएसँगै यसको व्यापारमा संलग्न व्यापारीहरूले प्रहरीको सेटिङमा भारततर्फ रक्सी तस्करी गर्न थालेका हुन् ।

असई तिवारीले आफ्ना हाकिमलाई समेत दिनुपर्छ भन्दै रक्सी तस्करहरूसँग रकम लिने गरेको समाचार स्रोत बताउँछ ।

टिहुकि चौकीको एरियामा संचालनमा रहेको भट्टी साहुसँग हरेक महिना २ हजार देखि २५ सय रुपैया र रक्सी तस्करसँग हरेक महिना प्रति व्यक्ति २ हजारको दरले उठाउने गरेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार भैंसी तस्करसँग प्रति भैंसी १ हजार रुपैया र राँगाको प्रति राँगा ४५० रुपैया दिएर तस्करी गर्ने यहाको चलन रहेको छ । प्रहरी चौकी टिहुकिबाट खटिएको प्रहरी टोलीले असई तिवारीको इशारामा स्कटिङ समेत गर्ने गरेको बताइन्छ ।

रातिमा गस्तीको नामले आफै खटिने गरेको र सशस्त्र प्रहरीको ड्युटीको बिषयमा समेत तस्करलाई खबर गर्ने गरेको बुझिएको छ । राती मात्र नभइ दिउँसो पनि तस्करीको लाइन सुचारू भएको एक जना स्थानियले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका एसपी पाण्डेले सीमा नाकामा  निगरानी बढाउन निर्देशन दिएपनि  भित्रभित्रै उनैले तस्करीलाई नै मलजल पुर्याउँदै आएका छन् ।  एसपी पाण्डेले असई तिवारीलाई जोगाउनुले पनि उनको मिलेमतोको रुपमा लिने गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077