Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • इजरायल जान चाहने श्रमिकहरुको लिखित परीक्षा यही भदौ २८ गते हुने

    इजरायल जान चाहने श्रमिकहरुको लिखित परीक्षा यही भदौ २८ गते हुने

    अनलाइन नेपाल
  • मंगलबार, १५ भाद्र २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । रोजगारीका लागि इजरायल जान चाहने श्रमिकहरुको लिखित परिक्षा यही भदौ २८ गते हुने भएको छ ।

    वैदेशिक रोजगार विभागले प्राप्त ९ हजार ६९९ आवेदनको रुजु गरिसकेपछि लिखित परिक्षाको मिति सार्वजनिक गरेको जनाएको छ । विभागका अनुसार श्रमिकका लागि लिइने लिखित र मौखिक परीक्षा लोकसेवा आयोगले अवलम्बन गरेको ‘म्यारिट बेस’ का आधारमा लिइने छ ।



    लिखित परीक्षामा उत्तीर्ण हुने उम्मेदवारको अन्तवार्ता समेत लिइने छ । इजरायलले एक हजार जना नेपालीलाई केयर गिभर(सुसारे)का रुपमा लान लागेको हो । जसमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष जान पाउनेछन् । उनीहरुले इजरायलमा मासिक डेढ लाख रुपैयाँभन्दा बढी तलब पाउने बताइएको छ।



    विभागले इजरायल जान इच्छुकले दिएको आवेदन स्वीकृत भएका आवेदकलाई अनलाइनमार्फत जानकारी गराईसकेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार