Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • यी हुन् ती अमेरिकी सैनिक, जसले निर्धारित समयभन्दा १ मिनट अगाडि अफगानिस्तान छाडे

    यी हुन् ती अमेरिकी सैनिक, जसले निर्धारित समयभन्दा १ मिनट अगाडि अफगानिस्तान छाडे

    अनलाइन नेपाल
  • मंगलबार, १५ भाद्र २०७८
  • 2.7K
    SHARES

    काठमाडौं । अफगानिस्तानबाट अमेरिकाको २० बर्ष सैन्य उपस्थितिको समाप्त भएको छ । गएराती अफगानिस्तानबाट अमेरिकाको सैन्य अभियान पूर्ण रुपमा फिर्ता भएपछि २० बर्ष सैन्य उपस्थितिको समाप्त भएको हो।

    अमेरिकी सेनाले काबुल छाड्ने अन्तिम सैनिकहरूको फोटो शेयर गरेको छ । नाइट भिजन क्यामेराबाट खिचिएको तस्बिरमा ८२ एयरबर्न डिभिजनका कमान्डर जनरल क्रिस डोनाहु सोमबार राति विमानमा चढ्नका लागि हिँडिरहेको देखिन्छ । ‘अन्तिम अमेरिकी सैनिकले अफगानिस्तान छाडे,’ अमेरिकी सेन्ट्रल कमाण्डले ट्वीट गरेको छ ।



    हिजो मध्यरातको स्थानीय समयअनुसार १२ बज्नभन्दा एक मिनेटअघि अमेरिकी सैन्य विमान काबुलबाट उडेको थियो । यसअघि तालिबानीहरुले अमेरिकी सेनालाई ३१ अगष्टसम्म अफगानिस्तान छाड्न चेतावनी दिएको थियो।



     

     

    विभागका अनुसार अमेरिकी सेनाका २ स्टार जनरल रहेका ती सैनिकको पूरा नाम क्रिस्टोफर टोड डोनाह्यु हो । उनी अहिले अमेरिकाको नर्थ क्यारोलिनाको फोर्ट ब्रागमा रहेको ८२ औं एयरबर्न डिभिजनका कमाण्डिङ जनरल हुन् । आफ्नो करिअरमा क्रिसले अमेरिकी सेना र स्पेसल अपरेशन युनिटमा स्टाफ र कमाण्डिङ पोजिसनमा रहेर काम गरेका छन् ।

    न्यूयोर्कको वेस्ट प्वाइन्टमा रहेको अमेरिकी सैनिक एकेडेमीबाट ग्रयाजुएसनपछि सन् १९९२ मा क्रिसले सेकेण्ड लेफ्टिनेन्टको रुपमा इन्फेन्ट्री शाखामा काम सुरु गरेका थिए । उनको पहिलो असाइनमेन्ट दक्षिण कोरियामा सेकेण्ड इन्फान्ट्री डिभिजनमा प्लाटुन लिडरको रुपमा थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार