Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ‘मेडइन युएसए–७७७७०’ नम्बरको पेस्तोलसहित दुईजना पक्राउ

    ‘मेडइन युएसए–७७७७०’ नम्बरको पेस्तोलसहित दुईजना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १५ भाद्र २०७८
  • 1.7K
    SHARES

    बारा – बारा प्रहरीले अमेरिकन पेस्तोलसहित २ जनालाई पक्राउ गरेको छ। जिल्लाको सिम्रौनगढ नगरपालिका–६ मा रहेको विद्यायक होटलबाट पेस्तोलसहित नियन्त्रणमा लिइएको हो।

    पक्राउ पर्नेमा पक्राउ पर्नेमा सिम्रौनगढ–४ घर भएका ३५ वर्षीय राजेश प्रसाद यादब र २० वर्षीय जितेन्द्र प्रसाद कुशवाहा रहेका छन्। आरोपीहरुको साथबाट एउटा अमेरिकन पेस्तोल र दुईथान म्याग्जिन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।



    उनीहरुको साथमा ‘मेडइन युएसए–७७७७०’ नम्बर लेखिएको पेस्तोल पाइएको हो। अरोपीहरुले सो पेस्तोल किन र कहाँबाट ल्याए भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार