Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बालकोटमा एमाले अध्यक्ष ओली र कानुनमन्त्री कार्कीबीच एमसीसीको बारेमा छलफल

    बालकोटमा एमाले अध्यक्ष ओली र कानुनमन्त्री कार्कीबीच एमसीसीको बारेमा छलफल

    अनलाइन नेपाल
  • बुधबार, १६ भाद्र २०७८
  • 1.8K
    SHARES

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीबीच बालकोटमा भेटवार्ता भएको छ ।

    मंगलबार साँझ मन्त्रीकार्कीले एमाले अध्यक्ष ओलीको निवास बालकोटमै पुगेर भेटवार्ता गरेका हुन् । स्रोतका अनुसार भेटवार्तामा संसद अधिवेशन सञ्चालनदेखिअमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)सम्मका विषयमा छलफल भएको छ।



    कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि सरकारका तर्फबाट ओलीसँग गरिएको यो नै पहिलो छलफल हो। त्यसअघि मंगलबार दिउँसो मन्त्रीकार्कीले एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङसँग भेटवार्ता गरेका थिए।



    कार्की निकट स्रोतका अनुसार अध्यक्ष ओलीसँगको भेटमा पछिल्लो समसामयिक राजनीतिक बिषय, लोकतन्त्रलाई प्रभावकारी बनाउने, बजेट र एमसीसीबारे कुराकानी भएको छ। त्यसो त प्रधानमन्त्री देउवाले नै बजेट, एमसीसी र संसद अधिवेशनका बारेमा छलफलका लागि मन्त्रीलाई ओलीसँग भेट गर्न पठाएको अनुमान गरिएको छ ।

    एमसीसी लामो समयसम्म प्रतिनिधिसभाबाट अगाडि बढ्न सकेको छैन । त्यस्तै तत्कालिन ओली नेतृत्वको सरकारले अध्यादेशबाट ल्याएको बजेट भदौ ३० गतेसम्म प्रतिस्थापन विधेयकमार्फत् सरकारले पास नगरे खारेज हुने अवस्थामा पुगेको छ ।  सरकारले अहिले नयाँ बजेटको तयारी गरिरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार