Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लोसपा अध्यक्ष महन्थ ठाकुरले भने– हामी जसपा भन्दा स्ट्रङ्ग छौं

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले उपेन्द्र यादव नेतृत्वको जसपा भन्दा आफ्नो पार्टी मजबुत रहेको दावी गरेका छन् ।

आज जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ठाकुरले यस्तो दावी गरेका हुन् ।

ठाकुरले भने,’ हाम्रो बारेमा कसैले बिश्लेषण गरेर हुँदैन, हामी जसपा भन्दा स्ट्रोङ्ग छौं उनले भने ।’

तत्कालिन राजपा नेपालबाट निर्वाचित अधिकांश जनप्रतिनिधि तथा प्रदेशसभा सदस्यहरु जसपामै रहेको समयमा लोसपाका अध्यक्ष ठाकुर, वरिष्ठ नेता शरतसिंह भण्डारी र राजेन्द्र महतोको जनकपुर आगमनलाई महत्वका साथ निआलिएको छ ।

जसपा विभाजन पश्चात नयाँ दल रोज्नका लागि जनप्रतिनिधि तथा प्रदेशसभा सदस्यहरु जिल्ला निर्वाचन कार्यालयमा गई सनाखत गरिरहेको अवस्थामा लोसपाका केन्द्रिय नेताहरू जनकपुर आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077