Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

ओसामा बिन लादेनका सहयोगी अफगानिस्तान फर्किएको आशङ्का

बीबीसी । अफगानिस्तानको नाङ्गहार प्रान्तमा एउटा कारमा गत साता देखिएका व्यक्ति अलकायदा नेता ओसामा बिन लादेनका सबैभन्दा नजिकका सहयोगी रहेको आशङ्का गरिएको छ।

अमिन उल हक २० वर्षअघि लादेनका प्रमुख सुरक्षा अधिकारी रहेका थिए। उनी हतियारखरिद सम्बन्धी कामका प्रमुख समेत भएको बताइन्छ।

सन् २००१ को सेप्टेम्बर ११ पछि अमेरिकाले उनलाई आतङ्कवादीको सूचीमा राख्यो र उनी पाकिस्तान पुगे । त्यहाँ उनले तीन वर्ष जेलमा बिताएको बताइन्छ।

नाङ्गहार प्रान्तमा उनको फिर्ती पुष्टि भए त्यसले पश्चिमा विश्वलाई झस्काउने बीबीसीका सुरक्षा संवाददाता फ्रयाङ्क गार्डनर बताउँछन्।

तालिबानले आश्वस्त पारे पनि अफगानिस्तान पुनः अन्तर्राष्ट्रिय आतङ्कवादको क्रिडास्थल बन्न सक्ने सम्भावना त्यसले दर्साउँछ।

संयुक्त राष्ट्रसङ्घले हालै सार्वजनिक गरेको एउटा प्रतिवेदनले तालिबान र अलकायदाबीच बलियो जातीय र वैवाहिक सम्बन्ध रहेको देखाएको थियो।

तालिबानले अफगानिस्तान नियन्त्रणमा लिइसकेको अवस्थामा पश्चिमा देशका प्रतिआतङ्कवाद निकायहरूसँग अफगानिस्तानको दुर्गममा अवस्थित अलकायदा र अरू लडाकु अखडाहरू पहिचान गर्न सक्ने मानवीय सूचनाको आधार छैन।

अमेरिकी फौज फिर्तीसँगै तालिबान बलियो भएकोबाट पश्चिमा देशका गुप्तचर निकायहरू चिन्तित भएको विवरण आएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077