Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सुनसरीमा वडाध्यक्षको निधन

सुनसरी । सुनसरीको गढी गाउँपालिका–१ का वडाध्यक्ष शङ्करप्रसाद चौधरीको निधन भएको छ। उनको विराटनगरको विराट टिचिङ अस्पतालमा उपचारका क्रममा निधन भएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले बताउ।

चौधरी मुटुसम्बन्धी समस्याका कारण अस्पताल भर्ना भएका थिए। चौधरी २०७४ सालको स्थानीयतहको निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

चौधरीका श्रीमती, एक छोरी र एक छोरा रहेका छन्। वडाध्यक्षको निधनमा गाउँपालिकाले आज शोक बिदा दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077