Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

मन्त्रालयको भागबन्डा मिलाउन सकस, देउवालाई भेटेलगत्तै नेपाललाई भेट्न पुगे प्रचण्ड

काठमाडौँ । सत्ता गठबन्धनमा आवद्ध दलहरूले सरकार गठनको ५१ दिन बित्दा पनि मन्त्रालयको भागबन्डा टुंगो लगाउन नसक्दा मन्त्रिपरिषद विस्तार हाना सकेको छैन।

शक्ति र साधनस्रोत बढी भएका मन्त्रालयमा आफ्नो आफ्नो दाबी र आकांक्षीले गर्दा भागबन्डा मिलाउन शीर्ष नेताहरूलाई सकस परेको हो । यद्यपि गठबन्धनका शिर्ष नेताहरुले भने छलफललाई तीब्र पारेका छन्। गत शुक्रबारदेखि सुरु भएको छलफल आजसम्म पनि जारी रहेको छ।

यसैबीच, आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर छलफल गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले दिउँसो नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन् ।

प्रचण्ड र नेपालबीच सिंहदरबारस्थित संसद् सचिवालय भवनमा भेटवार्ता चलिरहेको छ । भेटघाटमा मन्त्रिपरिषद् विस्तारका विषयमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077