Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

राष्ट्रपति भण्डारीद्वारा संसद अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनको बैठक आह्वान गरेकी छन्। नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छिन्।

बैठक आगामी भदौ २३ गते बुधवार अपराह्न ४ बजे बस्ने गरी बोलाइएको छ। सो अधिवेशनमा सरकारले यसअघि ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश प्रस्तुत हुनेछ। आगामी अधिवेशनमा सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटको प्रतिस्थापन गर्ने विधेयक पनि ल्याउनेछ।

सत्ता गठबन्धनका नेताहरु र सभामुख अग्नि सापकोटासँग छलफल गरेपछि शनिबार बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन आह्वानका लागि सिफारिस गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077