Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

टेलिकम टावरको ४८ थान ब्याट्री चोरी गर्ने पक्राउ

काठमाडौं । प्रहरीले नेपाल टेलिकमको ४८ थान ब्याट्री चोरी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ। नेपाल टेलिकम दूरसञ्चार कार्यालय अन्तर्गत धुर्कोटमा रहेको नेपाल टेलिकमको टावर डब्लुडिआर १६१ मा रहेको ४०० एच–२ भोल्टका ४८ थान ब्याट्री चोरी गर्ने व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।

भदौ ९ गते उक्त टावरबाट ४८ थान ब्याट्रीहरू अज्ञात व्यक्तिले चोरी गरी बुटवल तर्फ लगेको हुँदा उक्त व्यक्तिको खोज तलास गरी पाउँ भनी दूरसञ्चार कार्यालय गुल्मीले भदौ १० गते जिल्ला प्रहरी कार्यालय गुल्मीलाई पत्र पठाएको थियो।

प्रहरीले उक्त व्यक्तिको खोजतलास गर्दै जाँदा बुटवल उपमहानरपालिका–११ प्रगतिनगरमा डेरा गरी बस्ने ३१ वर्षीय सचेन्द्र कुमार गौतम भन्ने भारतीय नागरिक सत्यन्द्रकुमारले चोरी गरी ती ब्याट्रीहरू डेरा मै लुकाइ राखेको पत्तो लगाएको थियो।

गुल्मीबाट खटिएको प्रहरीले निजको डेरा मै पुगेर खान–तलासी गर्दा उक्त ४८ थान ब्याट्रीसहित पक्राउ गरेको हो। हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077