Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • ६ पत्रकार सङ्गठनहरुद्वारा पनि एमसीसीको विरोध (विज्ञप्तिसहित)

    ६ पत्रकार सङ्गठनहरुद्वारा पनि एमसीसीको विरोध (विज्ञप्तिसहित)

    अनलाइन नेपाल
  • मंगलबार, २२ भाद्र २०७८
  • 2.4K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कोविरुद्धमा ६ पत्रकार सङ्गठनहरुले पनि आपत्ति जनाएका छन्। पछिल्लो समय एमसीसी पारित हुने चर्चा बढ्दै गएपछि पत्रकार सङ्गठनले एमसीसीको विरोध गर्दै सो परियोजना खारेज गर्नु पर्ने माग गरेका छन्।

    मंगलबार क्रान्तिकारी पत्रकार महासंघ, प्रगतिशील पत्रकार संघ नेपाल, जनपत्रकार संगठन नेपाल, प्रेस सेन्टर नेपाल,देशभक्त पत्रकार संघ र अखिल नेपाल पत्रकार युनियनका अध्यक्षहरु क्रमश :इन्द्र राउत, उदय जिएम, शेरबहादुर विश्वकर्मा, भीम ब. विश्वकर्मा, तेजेन्द्रकुमार प्रसाई र यज्ञ दंगालले संयुक्त रुपमा एमसीसीको विरोध जनाउदै विज्ञप्ति जारी गरेका हुन्।



    ‘एमसिसी सम्झौतामा रहेका शर्तहरुले नेपालकाे संविधानलाई अधिनस्थ बनाउने, नेपालको असंलग्न परराष्ट्र नीति, देशको स्वाधीनता, सार्वभौमिकता एवम् अखण्डतामा गम्भीर आँच आउने प्रष्ट देखिएकाे विज्ञप्तिमा उल्लेख गरिएको छ।



    यस्तै, विज्ञप्तिमा भनिएको छ, ‘नेपालकाे राष्ट्रिय हितविपरीतकाे याे सम्झाैता खारेजीका लागि हामी जाेडदार रुपमा माग गर्दछाैं । साथै एमसीसीका पदाधिकारीकाे हुन लागेकाे भ्रमण र आसन्न संसदकाे अधिवेशनबाट एमसीसी पास गर्ने गरि भइरहेका समग्र गतिविधिकाे हामी घाेर विराेध गर्दछौं । र, एमसीसी सम्झाैता संसदमा टेवल नगर्न र एमसीसीकाे पक्षमा मत नदिन हामी प्रतिनिधि सभाका सभामुख र सांसदहरुलाई विशेष आग्रह गर्दछाैं। यो सम्झौता स्वीकार गर्नु नेपालका लागि आत्मघाती कदम हुनेछ । र, आफ्नो मृत्युपत्रमा आफैले हस्ताक्षर गर्नुसरह हुनेछ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार