Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • ओली र नेपाल पक्षका विद्यार्थीबीच हानाहान, कान्तिपुर सिटी कलेजबाट ३ जना पक्राउ

    ओली र नेपाल पक्षका विद्यार्थीबीच हानाहान, कान्तिपुर सिटी कलेजबाट ३ जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २२ भाद्र २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । पुतलीसडकस्थित कान्तिपुर सिटी कलेजमा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका विद्यार्थीहरुबीच झगडा भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमालेबाट छुट्टिएर नयाँ पार्टी (नेकपा एस) गठन गरेका माधवकुमार नेपाल पक्षका विद्यार्थी संगठनबीच झगडा भएको हो ।

    कान्तिपुर सिटी कलेजका अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियू) का अध्यक्ष मनोजकाे समूह नेपाल पक्षमा गएका कारण ओली पक्षले नयाँ कमिटी गठन गर्न आयोजना गरेको कार्यक्रममा दुई पक्षबीच झगडा भएको हो ।



    मनोजले आफूलाई थाहै नदिई नयाँ कमिटी गठन गर्न लागेको भन्दै आक्रमण गर्न गएपछि ओली पक्षका विद्यार्थीहरुले पिटेका थिए ।



    महानगरिय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले घटना भएको पुष्टि गर्दै तीन जना पक्राउ परेको जानकारी दिए ।अहिले कान्तिपुर सिटी कलेज परिसरमा प्रहरीहरू तैनाथ भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार