Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमसीसी टोलीलाई ओलीको जवाफ – सरकारमा हुँदा अगाडि बढाउने प्रयास गरेका हौं, अहिले विपक्षमा छौं

    एमसीसी टोलीलाई ओलीको जवाफ – सरकारमा हुँदा अगाडि बढाउने प्रयास गरेका हौं, अहिले विपक्षमा छौं

    अनलाइन नेपाल
  • बिहिबार, २४ भाद्र २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)का उपाध्यक्ष फातिमा सुमारको टोलीसँगको भेटमा एमसीसीबारे सरकारको धारणा सार्वजनिक नभई आफूले के गर्ने भन्ने निर्णय नलिने बताएका छन् ।

    बिहिबार बिहान काठमाडौँ आइपुगेको उक्त टोलीले आफ्नो पहिलो भेटवार्ता पूर्वप्रधानमन्त्री ओलीबाट शुरु गरेको थियो।



    भेटवार्तामा एमसीसीलाई कसरी अगाडि बढाउने भन्ने प्रस्तावसहितको फातिमाको जिज्ञासामा अध्यक्ष ओलीले अहिले प्रमुख प्रतिपक्षीले धारणा बनाइहाल्नुपर्ने आवश्यकता नरहेको बताएको एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए ।



    भट्टराईका अनुसार दुई प्रतिनिधिमण्डलबीच एमसीसीको विषयमा छलफल भएको हो । भेटमा अध्यक्ष ओलीले पार्टीमा छलफल गरेपछि एमसीसीको विषयलाई टुंगो लगाउने बताएका छन् ।

    यस्तै, भट्टराईका अनुसार अध्यक्ष ओलीले  एमसीसी अगाडि लैजाने विषयमा आफूहरु  सरकारमा हुँदा भएको भूमिका र अहिलेको भूमिका फरक रहेको बताए । ‘त्यतिबेला हामीले सिन्सियर प्रयास गरेका हौं, त्यो कुरा तपाईंहरूलाई पनि थाहा छँदैछ,’ ओलीको भनाइ उल्लेख गर्दै भट्टराईले भने, ‘अहिले हामी त विपक्षमा छौं ।

    उपाध्यक्ष सुमारले एमसीसी र अमेरिकी सैन्य गठबन्धनबीच सम्बन्ध नरहेको प्रष्ट पारिन् । उनले कुनै पनि सैन्य प्रयोजनका निम्ति अनुदान कोषको प्रयोग गर्नबाट निषेध गरेको बताइन्।

    छलफलमा एमालेका तर्फबाट स्थायी कमिटी सदस्य विष्णु रिमाल, विदेश विभाग प्रमुख राजन भट्टराई, प्रचार विभाग उपप्रमुख सूर्य थापालगायत सहभागी थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार