Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

ब्रिक्स मुलुकहरूलाई अन्तर्राष्ट्रिय मञ्चले बेवास्ता गर्न हुँदैन : चिनियाँ राष्ट्रपति सी

एजेन्सी । चीनका राष्ट्राध्यक्ष सी चिन फिङले विगत १५ बर्षमा ब्रिक्स सदस्य राष्ट्रहरूले पारस्परिक विश्वास बढाउने कार्यलाई पालन गरेको बताएका छन्।

बिहीबार साँझ भिडियोमार्फत ब्रिक्स मुलुकका नेताहरुको १३ औँ बैठकलाई सम्बोधन गर्दै उनले भने, “उदीयमान अर्थतन्त्र मानिएका ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिकाले वितेका १५ बर्षमा खुलापन, समावेशीकरण, समान व्यवहार, रणनीतिक आदान–प्रदान र राजनीतिक पारस्परिक विश्वास बढाउने कार्यलाई पालना गरेका छन्। यो सहकार्य विश्वको आर्थिक विकास र राजनीतिक सन्तुलनका लागि महत्वपूर्ण रहेको छ।”

उनले पाँच देशहरु बीचको व्यावहारिक सिर्जना, साझा जीत सहयोगमा जोड,सहयोगहरूको बढावा र साझा विकासको बाटोमा अगाडि बढ्ने क्रमलाई जारी राख्ने बताए। उनले भने, “पाँच देशहरूबीचको बहुपक्षीयताको समर्थन र वैश्विक शासनमा सहभागी हुँदै ब्रिक्स मुलुकहरू अन्तर्राष्ट्रिय मञ्चमा बेवास्ता नगर्ने एक महत्वपूर्ण शक्ति बनेका छन्।

आउने वर्ष चीनले ब्रिक्स नेतास्तरीय १४ औँ वार्ताको संयोजन गर्नेछ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सेप्टेम्बर ९ तारिख राति भिडियोमार्फत ब्रिक्सको १३ औँ शिखर वार्तामा भाग लिँदै उक्त कुरा बताएका हुन्।

ब्रिक्सका सदस्य साझेदारहरूसँग विभिन्न क्षेत्रको सहयोगलाई चौतर्फी गहन पार्दै अझ व्यावहारिक साझेदारी सम्बन्धको निर्माण गर्ने विश्वास चीनले लिएको उनले बताए। यो साझेदारीले चुनौतिहरूलाई संयुक्त रूपमा सामना गरी सुन्दर भाविष्य सिर्जना गर्न सकिनेछ चिनियाँ राष्ट्रपतिले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077