Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रधानमन्त्री देउवा र एमसीसी उपाध्यक्ष फातिमाबीच भेटवार्ता

    प्रधानमन्त्री देउवा र एमसीसी उपाध्यक्ष फातिमाबीच भेटवार्ता

    अनलाइन नेपाल
  • शुक्रबार, २५ भाद्र २०७८
  • 1.3K
    SHARES

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री देउवालाई भेट्न एमसीसीको टोली बालुवाटार पुगेको थियो।

    भेटमा उनीहरुबीच देउवाले एमसीसी कम्प्याक्ट र नेपालको आर्थिक रुपान्तरणका सम्भावनाहरुसहित नेपाल–अमेरिका सहयोगबारे छलफल भएको बताइएको छ।



    छलफलमा सरकारका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमसीसीका सहउपाध्यक्ष जोनाथन ब्रुक्स लगायत सहभागी थिए। बिहीबार नेपाल आएकी फातिमाले एसीसी पास गराउने माहोल बनाउने प्रयास गरिरहेकी छिन्। उनले यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव, उर्जामन्त्री पम्फा भुसालसँग भेट गरेकी थिइन्।



    उक्त भेटका क्रममा उनले एमसीसी नेपालको हितमा रहेको र यसलाई पास गराउने भूमिका खेल्नका लागि नेताहरुलाई आग्रह गरेकी थिइन्। भेटका क्रममा उनले एमसीसी नेपालको हितमा रहेको र यसलाई पास गराउने भूमिका खेल्नका लागि नेताहरुलाई आग्रह गरेकी थिइन्। नेपालका कुनै पनि नेताले उनलाई एमसीसी पास गराउन लागिपर्ने बचन दिएका छैनन्। ओलीले सरकारको धारणा कुरिरहेको बताएका थिए।

    नेपालले एमसीसीबारे अमेरिकी अधिकारीहरुबाटै विभिन्न टिप्पणी भएको र राजनीतिक दलहरुबीच छलफल आवश्यक भएको बताएका थिए। प्रचण्डले सत्ता साझेदार दलबीच छलफल गरेर राष्ट्रिय सहमति गर्नुपर्ने बताएका थिए। भट्टराई र यादवले थप छलफल गरेर निर्णय हुने जानकाकरी गराएका थिए। उर्जामन्त्री भुसालले आपसी सहयोग जारी राख्ने भन्ने एमसीसीका विषय अझै केही समय संवादको आवश्यक रहेको औंल्याएकी थिइन्।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार