Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पपुवा न्यूगिनीको ब्याटिङ लाइन ध्वस्त पार्दै नेपाल, ५० रन नपुग्दै चौथो सफलता

काठमाडौं – नेपाल र पपुवा न्यूगिनीबीचको दोस्रो एकदिवसीय क्रिकेट जारी छ। खेलमा नेपालले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको पपुवा न्यूगिनीको ४ विकेट गिरेको छ।

नेपालका लागि हालसम्म सोमपाल कामी, सन्दीप लामिछाने, बिक्रम सोब एक–एक विकेट लिएका छन्। पिएनजीका एक खेलाडी रन आउट भएका थिए।
हाल पिएनजीले १२.३ ओभरमा ४ विकेट गुमाउँदै ४७ रन बनाएको छ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ४९.३ ओभरमा अलआउट हुँदै २ सय ३३ रन बनाएको थियो। नेपालका लागि रोहित पौडेलले ८६ रनको शानदार पारी खेलेका थिए। ज्ञानेन्द्र मल्लले ४५ रन बनाउँदा करण केसीले ४२ रनको योगदान दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077