Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पपुवा न्यूगिनीविरुद्ध चम्किए सन्दीप, नेपाललाई पाँचौं सफलता

काठमाडौं – नेपाल र पपुवा न्यूगिनीबीचको दोस्रो एकदिवसीय क्रिकेट जारी छ। खेलमा नेपालले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको पपुवा न्यूगिनीको ५ विकेट गिरेको छ।

नेपालका लागि पाँचौं सफलता लेग स्पिनर सनदीप लामिछानेले दिलाएका हुन्। खेलमा सन्दीपको यो व्यक्तिगत दोस्रो विकेट हो। सन्दीपले ३ ओभर बलिङ गर्दा ३ रन दिएर २ विकेट चट्काएका हुन्।

नेपालका लागि त्यसअघि सोमपाल कामी, बिक्रम सोबले एक–एक विकेट लिएका थिए। पिएनजीका एक खेलाडी रन आउट भएका थिए।
हाल पिएनजीले १४ ओभरमा ५ विकेट गुमाउँदै ५३ रन बनाएको छ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ४९.३ ओभरमा अलआउट हुँदै २ सय ३३ रन बनाएको थियो। नेपालका लागि रोहित पौडेलले ८६ रनको शानदार पारी खेलेका थिए। ज्ञानेन्द्र मल्लले ४५ रन बनाउँदा करण केसीले ४२ रनको योगदान दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077